कर्णाली सरकारको खर्च ६० प्रतिशत

कर्णाली सरकारको खर्च ६० प्रतिशत

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ६०.३४ प्रतिशतमात्रै खर्च गरेको छ ।

चालु आवमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

यसमध्ये २० अर्ब १५ करोड ३९ लाख ७३ हजार अर्थात् ६०.३४ प्रतिशतमात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिए ।

सरकारले चालुतर्फ ९ अर्ब ४५ करोड ८३ लाख अर्थात् ६८.३६ र पुँजीगततर्फ १० अर्ब ६९ करोड ५६ लाख अर्थात् ५४.६७ प्रतिशत गरेको छ ।

गत आव २०७९/८० मा प्रदेश सरकारले ६७.५३ प्रतिशत खर्च गरेको थियो । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार