रुकुम पूर्वीमा पहिरोले पुरिएका तीन जनाको उद्धार, एक जना मृत भेटिए

रुकुम पूर्वीमा पहिरोले पुरिएका तीन जनाको उद्धार, एक जना मृत भेटिए

रुकुमकोट । रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ।

रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका ३ जनाको शसस्त्र प्रहरीले उद्धार गरेको हो ।

सोही ठाउँको सल्ली बिसैनी घर भई दल्ली गैरा गोठमा सुतिरहेको अवस्थामा पहिरो जाँदा ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र ९ वर्षीया तिलसरा बुढा गम्भीर घाईते भएका छन् । यस्तै ७ वर्षीय संगम बुढा मृत अवस्थामा भेटिएका छन् ।

उद्धार गरिएका उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्वतर्फ पठाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार