चट्याङ लागेर दुई महिलाको मृत्यु

चट्याङ लागेर दुई महिलाको मृत्यु

प्रतीकात्मक तस्बिर।

काठमाडौँ । बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

जिल्लाको राप्ती सोनारी गाउँपाकिला –२ मा मंगलबार साँझ ६ बजे धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ खसेको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी तुलसबहादुर कार्कीका अनुसार चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो।

अस्पताल पुर्‍याइएपछि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार