जेठ १८ काठमाडौ
बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९ ) का कारण मृत्यु भएको पुष्टि भएको छ ।
जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत बुढिगंगा नगरपालिका एक घर भएका २ बर्षिय बालिकाको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।
उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो । आईतवार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशनाल डोटिका निर्देशक डा.गुणराज अवस्थीले जानकारी दिएका छन ।
मृतक बालिकाकी २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । मृतक बालिकाको बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।