गेष्ट हाउसमा महिला-पुरूष मृत फेला

गेष्ट हाउसमा महिला-पुरूष मृत फेला

काठमाडौंको एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन्।

शुक्रबार काठमाडौं महानगरपालिका- ९ शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की छन्।

शुक्रबार मध्याह्न १२ बजे होटलको मान्छे खाना खाने/नखाने भनेर बुझ्न पुगेका थिए। तर लामो समयसम्म पनि ढोका खोलेका थिएनन्। ढोका नखोलेपछि १ बजेतिर प्रहरीलाई खबर भएको थियो।

घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार