अरिङगालको टोकाईबाट एक जनाको मृत्यु, एक घाईते

अरिङगालको टोकाईबाट एक जनाको मृत्यु, एक घाईते

रुकुमकोट । रुकुम पूर्वमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । बिहिबार बिहान भूमे गाउँपालिका वडा नम्बर ९ चुन्वाङका २७ वर्षिय न्युटन घर्तीको मृत्यु भएको हो ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ को धौलापैरा जंगलमा अरिङगालको टोकाईबाट गम्भिर घाईते भएका घर्तीलाई रुकुम पूर्व जिल्ला अस्पताल ल्याईएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराइले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले शव पोष्टमार्टमको लागि अस्पतालमै राखिएको छ ।

अरिङगालकै टोकाइबाट घाईते भएका सिस्ने गाउँपालिका वडा नम्बर ७ का २४ वर्षिय कमल रेउलेको भने स्वास्थ्य अवस्था सामान्य बन्दै गईरहेको छ । उहाँको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको बिसीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार