जबर्जस्ती मिर्गौला बेच्न लगाउने दुईजना पक्राउ

जबर्जस्ती मिर्गौला बेच्न लगाउने दुईजना पक्राउ

काठमाडौँ । आर्थिक प्रलोभनमा पारी जबर्जस्ती मिर्गौला बेचिदिने धन्दामा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका– ८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका– २ की ४२ वर्षीया शान्तिमाया घलान छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले खत्रीलाई आइतबार र घलानलाई मंगलबार पक्राउ गरेको हो । उनीहरूले नुवाकोटका २८ वर्षीय युवालाई १० लाख रुपैयाँ दिने प्रलोभनमा जबर्जस्ती मिर्गौला बेच्न लगाएका थिए । यसका लागि युवालाई भारतको कोलकाता लगिएको थियो ।

पक्राउ परेका दुवैजना सोही धन्दामा संलग्नमध्ये रहेको ब्युरो प्रवक्ता एसपी गौतम मिश्रले बताए । ‘१० लाख रुपैयाँ दिने प्रलोभनमा एक युवालाई जबर्जस्ती मिर्गौला बेच्न लगाएछन् ।

गिरोहले भारतको कोलकाता पुर्‍याएर अनेक धाकधम्की दिई युवालाई मिर्गौला बेच्न लगाएछ, तर रकम भने दिएनछ । नेपाल फर्केर पीडितले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ उनले भने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार