कैदीबन्दी र बिरामीलाई फलफूल वितरण

कैदीबन्दी र बिरामीलाई फलफूल वितरण

मुसिकोट । रुकुम पश्चिममा निजामती सेवा दिवसको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रम गरिएको छ । शुक्रबार निजामती सेवा दिवसको पूर्व सन्ध्यामा जिल्ला कारागारमा रहेका कैदीबन्दी र जिल्ला अस्पताल सल्लेमा उपचारत विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार कारागारमा रहेका १५६ जना कैदीबन्दीहरुको लागि ३० किलो स्याउ र २० दर्जन केरा वितरण गरिएको छ ।
दिवसको अवसरमा जिल्ला अस्पताल सल्लेमा उपचाररत ४० जना बिरामीहरुलाई प्याकेजमा ३०किलो फलफूल वितरण गरिएको हो ।

खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय र जिल्ला अस्पताल सल्लेको सहयोग तथा निजामती सेवा दिवस मुल समारोह समितिको समन्वयमा कैदिबन्दी र उपचारत विरामीहरुलाई फलफुल वितरण गरिएको सहायक प्रमुख जिल्ला रेग्मीले जानकारी दिनुभयो ।

यस्तै दिवसको अवसरमा आजै वृक्षारोपण र गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमको प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा निजामती सेवा दिवस मुल समारोह समिति अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख तेजनाराण महतो , जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिजाली लगायतको सहभागी रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार