अनलाइन जुवा खेलाएको आरोपमा दुईजना पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा विराटनगरबाट दाजुभाइलाई पक्राउ गरेको छ ।

वान एक्स बेटलगायत विभिन्न एपमार्फत सट्टेबाजी गराएको आरोपमा विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीहरु १८ भदौमा घरबाटै पक्राउ परेका हुन् ।

‘एन्ड्रोइड मोबाइलमा ‘वान एक्स बेट’लगायतका एप्स डाउनलोड गरेको पाइएको थियो’, डीएसपी बस्नेतले भने, ‘त्यसमार्फत ‘अनलाइन डिजिटल’ खाताबाट सट्टेबाजी लिनेदिने काम गर्ने गरेको खुल्यो ।’

सट्टेबाजीमा प्रयोग गर्दै आएको कम्प्युटरको सीपीयू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गरिएको जानकारी उनले दिए ।

उनीहरुविरुद्ध सट्टेबाजी आरोपमा अनुसन्धान भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार