भ्रष्टाचार मुद्दामा रुद्रसिंह तामाङले पाए सफाइ

भ्रष्टाचार मुद्दामा रुद्रसिंह तामाङले पाए सफाइ

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भनी दायर गरेको मुद्दामा अध्यागमन विभागका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङले सफाइ पाएका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुख कार्यकारीको रूपमा खानेपानीको बोर्ड सदस्यको रूपमा हस्ताक्षर गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले तामाङसँग ११ करोड  ९ लाख १७ हजार ४ सय ५८ रुपैयाँ बिगो दाबी गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिँदा तामाङलाई पनि सफाइ दिएको हो ।

विशेषबाट सफाइ पाएसँगै निलम्बनमा परेको तामाङ पुन: सरकारी सेवामा फर्कने बाटो खुलेको छ।  हस्ताक्षर गर्दा काठमाडौँ महानगरपालिकामा रहेको तामाङ मुद्दा दायर हुँदा अध्यागमनमा रहेका थिए । उनीलाई भ्रष्टाचार मुद्दा दर्ता भएपछि अध्यागमन विभागमा नयाँ महानिर्देशक पठाएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार