बम विस्फोटका घाइतेको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय

बम विस्फोटका घाइतेको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ ।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।

डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विस्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । मृतकका परिवारलाई जनही ५र५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार