सिडिओहरूको सरुवा, काठमाडौँमा जयनारायण आचार्य

सिडिओहरूको सरुवा, काठमाडौँमा जयनारायण आचार्य

काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँलगायत केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । मङ्गलवार राति मन्त्रालयले रिक्त रहेका जिल्लासहित काठमाडौँका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

प्राप्त जानकारी अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाएको छ भने त्यहाँका प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको छ । अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

मन्त्रालयका सहसचिव लीला प्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा ल्याइएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

यसैगरी गृह मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव टोक राज पाण्डेलाई मन्त्रालयमा सरुवा गरिएको छ, उनलाई महाशाखा तोक्न बाँकी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार