९० वर्ष माथिका १३ ज्येष्ठ नागरिक सम्मानित

९० वर्ष माथिका १३ ज्येष्ठ नागरिक सम्मानित

मुसिकोट । ३४ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ९० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

मुसिकोट नगरपालिका स्तरिय जेष्ठ नागरिक मञ्च मुसिकोटले १३ जना जेष्ठ नागरिकहरुलाई मंगलबार सम्मान गरेको हो ।

मुसिकोट नगरपालिका र सामाजिक विकास कार्यालयको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकाय, मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी लगायतले जेष्ठ नागरिकहरुलाई नगद पाँच सय रुपियाँ, खादा र टिका लगाएर सम्मान गर्नुका साथै थर्मस उपहार प्रदान गर्नुभएको मञ्चका अध्यक्ष लक्ष्मण शर्माले जानकारी दिनुभयो ।

मञ्चका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकायको प्रमुख आतिथ्यता रहेको थियो भने नगर प्रमुख महेन्द्र केसीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर उप प्रमुख बिमल कुमार पुन, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरी, सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आचार्य, मुसिकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष दिनेश खड्का, वडा नम्वर ५ का वडा अध्यक्ष समिर जंग मल्ल, वडा नम्वर ७ का वडा अध्यक्ष एक्क बहादुर पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

मञ्चका सचिव उपेन्द्र पाण्डेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन नगरपालिकाका कानून अधिकृत ललित बुढाले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार