काठमाडौँ । सर्वोच्च अदालतले तिहारको भाइटीका तथा शनिबार बाहेक बन्दी प्रत्यक्षीकरणका लागि अदालत खुला रहने जनाएको छ।
कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने

काठमाडौँ । सर्वोच्च अदालतले तिहारको भाइटीका तथा शनिबार बाहेक बन्दी प्रत्यक्षीकरणका लागि अदालत खुला रहने जनाएको छ।
सोमबार सूचना प्रकाशित गरी सर्वोच्च अदालतले कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने स्पष्ट पारेको छ।
साथै, न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने प्रकाशित सूचनामा उल्लेख छ।