मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले भोली कार्तिक ३० गते सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेशमै प्रशिद्ध धार्मिक डिग्रे मेलाको अवसरमा नगरपालिकाले एक सूचना जारी गर्दै शुक्रबार कात्तिक शुक्ल पूर्णिमाको दिन सार्वजनिक विदा दिएको हो ।
नगरपालिकाले सबै १४ वटै वडा कार्यालय, सामुदायिक विद्यालय तथा संस्थागत विद्यालय, स्वास्थ्य संस्थालाई स्थानीय सार्वजनिक एक दिनको विदा दिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ५ थर्पूमा रहेको प्रसिद्ध तिर्थस्थल डिग्रे शाइकुमारी मन्दिरमा हरेक वर्षको हरिवोधनी एकादशी देखि कार्तिक पूर्णमासम्म लाग्ने मेलाको अवसरमा हरेक वर्ष एक दिन सार्वजनिक बिदा दिँदै आएको छ ।
हरिवोद्धनी एकादशीदेखि सुरु भएको डिग्रेमेला भोली शुल्क पूर्णिमाको दिन सकिँदै छ ।