धरहरा चढ्नका लागि मंसिर ९ गतेदेखि २०० रुपैयाँ तिर्नुपर्ने

धरहरा चढ्नका लागि मंसिर ९ गतेदेखि २०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । धरहरा चढ्नका लागि मंसिर ९ गतेदेखि २०० रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको हो ।

हिजो बसेको मन्त्रिपरिषद्‍को बैठकले धरहरा सञ्‍चालन नहुँदासम्‍म अन्तरिम रूपमा हाललाई शुल्क लिएर धरहरा सञ्‍चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्‍चालन नहुँदासम्‍म हाललाई सर्वसाधरणका लागि २०० रुपैयाँ शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ ।

साथै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन शुल्क व्यवसायिक बाहेका प्रतिघण्टा ५ हजार, धरहरा परिसरमा व्यवसायिक भिडिओ छायांकन शुल्क प्रतिघण्टा ५ हजा, फोटोग्राफीका लागि १ हजार शुल्क तोकिएको छ। यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ ।

भने, चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क तोकेको छ । यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निशुल्क रुपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो । अब पर्सिदेखि भने धरहरामा पार्किङ गर्दा शुल्क तिर्नुपर्ने भएको हो ।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णय समेत भएको छ । १० वर्ष मुनिका बालबालिका शुल्न नलाग्ने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार