धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । अध्यक्ष सिफारिस समितिले बोर्डकै दुई कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित उनलाई पनि सिफारिस गरेको थियो ।

तीन जनामध्ये सोमबारको मन्त्रिपरिषद् बैठकले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

उनले यसअघि नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समेत रहेर जिम्मेवारी निर्वाह गरेका थिए । स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ विभिन्न वित्तीय संस्थामा सञ्चालक रहेर पनि काम गरेका छन् ।

२०८० पुस २० मा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन थियो ।

त्यसपछि सरकारले नियुक्तिका लागि योजना आयोगका उपाध्यक्ष संयोजक रहनेगरी सिफारिस समिति गठन गर्‍यो । गठित सिफारिस समितिले फागुनमै अध्यक्ष पदका लागि आवेदन खुलाएको थियो । १९ जनाको आवेदन परेकामा समितिले ५ जनालाई सर्टलिस्टमा पारेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार