सानीभेरी ५ मा उपनिर्वाचनको तयारी पूरा

सानीभेरी ५ मा उपनिर्वाचनको तयारी पूरा

फाईल तस्बीर ।

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा भोलि हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा वडाअध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

भयरहित र निष्पक्ष रुपमा वडाको मतदान सम्पन्न गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने छ।

एक वडाध्यक्ष पदका लागि २ उम्मेदवार प्रतिस्पर्दामा छन् । नेपाली काँग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत उम्मेदवार रहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीका अनुसार यस वडामा कुल १४ सय ३४ मतदाता रहेका छन् । मतदातामध्ये ७ सय ४४ पुरुष र ६९० महिला रहेका छन् ।

सहायक निर्वाचन अधिकृत गोविन्दप्रसाद कोइरालाले निर्वाचनको सबै तयारी पूरा भएको बताउनु भयो । उहाँका अनुसार उपनिर्वाचनका आवश्यक निर्वाचन सामग्री मतदान स्थलमा पुगेको छ । नेपाल राष्ट्रिय मावि घापाघारमा क र ख गरि दुई वटा मतदान केन्द्र कायम गरिएको छ ।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएका अलबहादुर खत्रीको गत वर्ष उपचारको क्रममा निधन भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार