करको टोली पुगेपछि राडी बजारका पसलहरु बन्द

करको टोली पुगेपछि राडी बजारका पसलहरु बन्द

आठबिसकोटको राडि बजारमा बन्द भएका पसलहरु । फोटो : ललित चन्द

आन्तरिक राजश्व कार्यालय दाङको एक टोलीले रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ स्थित सोलाबाङ बजारका केहि पसलहरु अनुगमन गरको छ । बिहीबार अनगुमनको क्रममा केहि पसलहरुलाई जरिवाना र केहि पसलहरुका कागजात नियन्त्रणमा लिएको बताईएको छ ।

कर कार्यालयको उक्त टोली आठबिसकोट नगरपालिका ९ को राडी बजारका पसलहरु बिहानै देखि बन्द रहेका छन् । कर कार्यालयको टोली आउँदा यहाँका केहि व्यापारीहरुले पसल बन्द गरेका छन् ।

करको टोली पुगेको खबरपछि प्राय व्यापारीहरुले पसल बन्द गर्ने गरेको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार कारबाहि तथा जरिवाना परिने डरले करको टोली आएको बेला केहि व्यापारीहरुको डराएर पसल बन्द गर्ने गरेका हुन् ।

यस्तै उद्योग वाणिज्य संघ आठबिसकोटका अध्यक्ष दिनेश चन्दले करको टोली आएको खबरपछि व्यापारीहरुमा हाउगुजी हुने गरेकोले बन्द गरेको बताउनुभयो । करको टोलीसँग व्यवसायीहरु डराउन नपर्ने उहाँको भनाई छ ।

कर कार्यालयको टोलीसँगको सल्लाह बमोजिम आज दिउँसो कर सम्बन्धि सचेतना कार्यक्रम नगरपालिका हलमा सञ्चालन गर्न लगिएको चन्दले बताउनुभयो । बिहिबार मापदण्ड पुरा नगरेका केहि व्यवसायीहरुलाई जरिवाना र कागजात जफत गरेको हल्ला सुनेपछि केहि व्यापारीहरु डराएर पसल बन्द गरेको उहाँले जानकारी दिनुभयो ।

आन्तरिक राजश्व कार्यालय दाङका प्रमुख श्रीधर टण्डनले चार जना कर अधिकृतसहितको टोली रुकुम गएको बताउनुभयो । उहाँले कर सम्बन्धि सचेतना, अनुगमन तथा नियमनको क्रममा टोली फिल्डमा गएको जानकारी दिनुभयो । व्यापारीहरुले डराएर पसल बन्द गर्नुभन्दा पनि आवश्यक परामर्श दिने मौकाका रुपमा लिनुपर्ने उहाँको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार