मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ८ माथिल्लो आमडाँडाकी २५ बर्षिय बाल कुमारी खड्का केसीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । एक बर्षदेखि टाउकोको बिरामी रहेकी उहाँलाई उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
उपचारमा आर्थिक समस्या भएपछि विभिन्न व्यक्तिहरुबाट संकलन भएको सहयोग रकम ९० हजार आज पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले उहाँको घरमा पुगेर हस्तान्तरण गर्नुभएको छ ।
सानीभेरी गाउँपालिका वडा नम्बर ८ घर भई हाल जापानमा रहनुभएका नवराज केसीको पहलमा बाल कुमारीको उपचारको लागि सहयोग अभियान सञ्चालन गरिएको थियो । यसअघि पनि बाल कुमारीको उपचारको लागि ६० हजार रकम हस्तान्तरण गरिएको सहयोग संकलन अभियान्ता केसीले जानकारी दिनुभयो ।
बिरामी बालकुमारीको दुईपटक टाउकोको उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल बाँसबारी काठमाडौँमा अप्रेसन भईसकेको छ । उहाँको उपचारमा अहिलेसम्म १४ लाख रकम खर्च भईसकेको बुवा दरिभान खड्काले जानकारी दिनुभयो ।
बालकुमारीका एक छोरा र एक छोरी छन । उहाँको श्रीमान रोजगारीको लागि विगत दुई बर्षदेखि मलेशियामा हुनुहुन्छ । बालकुमारीको उपचारमा सहयोग गर्न चाहने मनकारीहरूले लक्ष्मी सनराइज बैंक लिमिटेडमा जम्मा गर्न सकिनेछ ।
खातावालाको नामः बाल कुमारी खड्का केसी
लक्ष्मी सनराइज बैंक लिमिटेड
खाता नम्बर : ०७७१११७५९१३०१००१
फोन नम्बर : ९८०३२०९६०