मुसिकोट । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले जिल्लाका ६ वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा पार्टी अधिवेशन सम्पन्न गरेको छ।
अधिवेशन बाट मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ भने आठविसकोट नगरपालिकामा निर्वाचन बाट नयाँ नेतृत्व चयन गरिएको छ ।
माओवादी केन्द्रका अनुसार सानीभेरीमा धर्मबहादुर पुनको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा इन्दिरा ओली, दिपक बाँठा र बिरसिं बिक, सचिवमा बालकृण्ण बिक, सह-सचिवमा बाल कुमार नकाल र कोषाध्यक्षमा चक्र केसी चयन हुनुभएको छ ।
त्यसैगरी मुसिकोटमा दलबहादुर खड्का अध्यक्षमा चयन हुनुभएको छ । अधिबेशनबाट खड्काको नेतृत्वमा ६ जना पछि थप्ने गरी ५५ सदस्यीय नगर समिति चयन गरिएको छ । नगर समितिको उपाध्यक्षमा दिपक केसी, धनबहादुर खड्का, चम्फा परियार, सचिवमा नारायण केसी, सह-सचिवमा चन्द्रबहादुर केसी र कोषाध्यक्ष कमला बुढा चयन हुनुभएको छ ।
त्रिवेणी गाउँपालिकामा पनि मोहन किशोर ओलीको अध्यक्षतामा गाउँ कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा चन्द्र बहादुर खड्का, राजेन्द्र पुन र रण बहादुर पुन, सचिवमा बिर बहादुर डाँगी, सह-सचिव लक्ष्मण बिक र कोषाध्यक्षमा निर्मला बुढाथोकी चयन हुनुभएको छ ।
त्यस्तै बाँफिकोट गाउँपालिकामा दक्ष पुनको अध्यक्षमा पालिका कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा शौरभ केसी, मनकला पुन र हरि बिक, सचिवमा तुल देवकोटा, सह-सचिव जय बहादुर मल्ल र कोषाध्यक्षमा देउसरा केसी चयन हुनु भएको छ ।
सहमति मार्फत नेतृत्व चयनको प्रयास विफल भएपछि आठबिसकोट नगरपालिकामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन मार्फत अध्यक्षमा मनिराज बटाला निर्वाचित हुनुभएको हो । अध्यक्ष, उपाध्यक्षमा र सह-सचिव पदका लागि निर्वाचन भएको थियो ।
अध्यक्ष पदमा निर्वाचित बटालाले २३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी धनबहादुर बस्नेतले १३ र टिकाराम सुनारले ११ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा ३२ मत प्राप्त गरी खुम्बे कुसारी, २८ मत प्राप्त गरी सिता शाह र २७ मत प्राप्त गरी टेकबहादुर थापा विजयी हुनुभएको छ ।
सह सचिवमा खुमराज ओलीले २८ मत प्राप्त गरी विजयी हुनुभएको छ । जम्मा ४८ मत खसेको थियो । सचिवमा दलजित विक र कोषाध्यक्षमा रुपा विक निर्विरोध निर्वाचित हुनुभएको छ । ६ जना पछि थप्ने गरी ४९ सदस्यीय नगर समिति चयन गरिएको छ । सदस्यहरु भने सर्वसम्मत चयन गरिएको छ ।
यस्तै चौरजहारी नगरपालिका सहमति जुट्न नसकेपछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन हुने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।