सुर्खेत । नेपाल निवृत्त शिक्षक समाज सुर्खेतको अध्यक्षमा मातृका अधिकारी चयन भएका छन् ।
शनिवार वीरेन्द्रनगरमा सम्पन्न समाजको प्रथम जिल्ला अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
जसको उपाध्यक्षमा जगतमाया शर्मा र धनीराम अधिकारी, सचिवमा उमाकान्त सापकोटा, काेषाध्यक्षमा लक्ष्मी भुसाल सापकाेटा चयन हुनु भएको छ
यस्तै सदस्यहरुमा युवराज खनाल, खगेन्द्रप्रसाद पङ्गाली र उदयबहादुर खत्री चयन हुनुभएको जनाइएको छ । समाजको केन्द्रीय प्रतिनिधिमा यामलाल घिमिरे र शान्ति ढकाल रहेका छन् ।
उक्त अधिवेशन डम्मरबहादुर ढकालकाे अध्यक्षता र कर्णाली प्रदेश इन्चार्ज हिमालयजङ्ग शाहकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।