कर्मचारी युनियनकाे अध्यक्षमा जोगेन्द्र पुन

कर्मचारी युनियनकाे अध्यक्षमा जोगेन्द्र पुन

मुसिकाेट । नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

शनिबार मुसिकोटमा भएको जिल्ला अधिवेशनबाट जोगेन्द्र पुनको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत डम्बर खड्काले जानकारी दिनुभयो ।

जसको उपाध्यक्षमा राजेन्द्र बिसी, लीला शर्मा र तिलक बहादुर घर्ती, सचिवमा प्रेम प्रकाश खड्का, सह-सचिवमा एक्क बहादुर केसी र कोषाध्यक्षमा कल्पना बुढामगर चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा वीरबहादुर ओली, ठगेन्द्र केसी, वीरेन्द्र खड्का, सफलराज पुन, पशुपति शर्मा, जयबहादुर थापा, ताराबहादुर गिरी, जयमति बिष्ट केसी, लक्ष्मी खड्का ओली र डिल्लीबहादुर खड्का सर्वसम्मत चयन हुनुभएको छ।
यस्तै प्रदेश प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको छ। प्रदेश प्रतिनीधिहरूमा खटकलाल नेपाली, लोकेन्द्र ओली, रामबहादुर केसी, रुपा थापा र ध्रुवकुमार बाठामगर चयन हुनुभएको हाे ।

युनियनको महाधिवेशन प्रतिनिधिमा देवबहादुर ओली, ,नरेन्द्र बुढमगर, यामबहादुर केसी, कमला मल्ल र कमल केसी चयन हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार