चौरजहारीमा महोत्सव हुने

चौरजहारीमा महोत्सव हुने

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा महोत्सव हुने भएको छ । स्थानीय सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्रको आयोजनामा वडा नम्बर २ को रङ्गशालामा चौथो बृहत् चौरजहारी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको हो ।

महोत्सव फागुन २२ गतेबाट चैत्र ४ गतेसम्म सञ्चालन हुने मुसिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

कला, संस्कृति, कृषि, उद्योग व्यापार, चौरजहारी नगरपालिका समृद्धिको आधार भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सवका निर्देशक एलबि कटुवालले जानकारी दिनुभयो ।

महोत्सवमा १ सय बढी व्यापारिक स्टलहरू रहने र स्थानीय व्यापारीलाई २० प्रतिशतसम्म छुट दिइने कटुवालले बताउनुभयो ।

त्यस्तै महोत्सवमा पल शाह लगायतका राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति समेत रहने छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार