काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा आजबाट ‘मिसन रोजगारी’ अभियान सुरु हुने भएको छ ।
अभियान अन्तर्गत ‘अब रोजगारका कुरा गरौँ’ विषयक गोलमेच छलफलमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको उपस्थिति रहने छ ।
अभियानको उद्घाटन दिउसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपा ललितपुर हुनेछ ।
रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस हुने छ । रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो बहस गर्न लागिएको हो ।