मुसिकोट । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमको जिल्ला अध्यक्षमा सुरज परियार चयन हुनुभएको छ ।
मुसिकोटमा सम्पन्न पार्टीको नवौँ जिल्ला अधिवेशनबाट परियारको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा दीपकराज खड्का र शेरबहादुर बोहरा, सचिवमा धनराज खड्का तथा उप-सचिवमा अमरराज पुन, हिरा रेउले पुरि र खमबहादुर ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
बुधबार मुसिकोट खलंगामा पत्रकार सम्मेलन मार्फत पार्टीले जिल्ला कमिटिको घोषणा गरिएको हो ।