सुर्खेत । नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवको अवसरमा अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको छ ।
नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयको आयोजनामा कर्णाली प्रदेशस्तरीय चौथौँ अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
अन्तर बैंक फुलसल प्रतियोगितमा १६ वटा बैंकले भाग लिएको र प्रतियोगिता दुई दिनसम्म चल्ने नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजनप्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘बैंकको स्थापना दिवसका अवसरमा बित्तीय संस्थाको भाइचाराको सम्बन्ध होस भनेर फुलसल प्रतियोगिताको आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो,‘यसले बित्तीय संस्थाहरुको आत्मियता पनि बढाउँछ ।’
फुटसल प्रतियोगितामा विजेता टिमलाई पुरस्कारको पनि व्यवस्था गरिएको रेग्मीले जानकारी दिनुभयो । १४ वैशाख २०१३ मा राष्ट्र बैंक स्थापना भएको थियो ।