जेठ २७ काठमाडौ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला बाट मंगलबार १८ जना कोरानो सङक्रमीत निको भएर घर फर्किएका छन् ।
कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेको बेला कोरोना भाइरस पोजिटिभ देखिएका उनीहरुको मंगलबार गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
उनीहरु एक सातादेखि अस्पतालको आइसोलेसनमा थिए । उक्त अस्पतालमा अझै ८ जना उपचारार्थ छन् । उनीहरुको अवस्था पनि सामान्य छ । तस्बिर : कान्तिपुर दैनिकबाट