सुर्खेत । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम सुरु गरेको छ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाको प्रमुख आतिथ्यता तथा मन्त्रालयका प्रदेश सचिव डा. योगेन्द्र मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डम्बर बहादुर रावत, आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि तथा मन्त्रालयअन्तर्गतका विभिन्न जिल्लाका कार्यालय प्रमुखहरूको सहभागिता रहेको छ।
कार्यक्रममा अहिले जिल्लागत रूपमा कार्यालय प्रमुखहरूले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रम जारी रहेको छ। प्रस्तुत विवरणमाथि विस्तृत छलफलसमेत भइरहेको जनाइएको छ।
यस्तै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयारीबारे पनि समीक्षा कार्यक्रममा छलफल हुने मन्त्रलायले जनाएको छ ।



