असार १ काठमाडौं
गत शनिबार कैलालीको क्वारेन्टिनमा बसेकी एक महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
आज नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै क्वारेन्टिनमै महिलामाथि सामूहिक बलात्कार हुन अत्यन्तै निन्दनीय र गम्भीर घटना भएको भन्दै घटनामा संलग्न जो भए पनि उम्किन दिन नहुने बताएका छन् ।
कांग्रेसले क्वारेन्टाइन कोरोना संक्रमण विस्तारको केन्द्र बनेको र बेथिति बढेको भन्दै सुरक्षाको गम्भीर लापरबाही भएको आरोप लगाएको छ ।
क्वारेन्टिनमै स्वयमसेवकसहित तीनजना युवकले बलात्कार गरेको महिलाले बताएकी छन् । बलात्कारको आरोपमा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिइसकेको छ ।