पूर्व विद्यार्थीको सहयोगमा विद्यालयमा सरस्वतीमन्दिर निर्माण

पूर्व विद्यार्थीको सहयोगमा विद्यालयमा सरस्वतीमन्दिर निर्माण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३, चौतारास्थित श्री महेन्द्र माध्यमिक विद्यालय परिसरमा पूर्व विद्यार्थीको आर्थिक सहयोगमा सरस्वती माताको मन्दिर निर्माण सम्पन्न भएको छ ।

विद्यालयका पूर्व विद्यार्थी तथा हाल अमेरिकामा रहेका विजय केसीको आर्थिक सहयोगमा करिब पाँच लाख बढी रुपैयाँको लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणसँगै विद्यालयमा धार्मिक तथा शैक्षिक वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

विजय केसीका बुवा झकबीर केसीका अनुसार केही दिनभित्र सरस्वती माताको मूर्ति स्थापना गरी विधिपूर्वक प्राणप्रतिष्ठा तथा पूजा–आराधना सम्पन्न गरिनेछ ।

विद्यालयका प्रधानाध्यापक झलक पुनले पूर्व विद्यार्थी विजय केसीको योगदानलाई शिक्षाप्रतिको माया, जन्मथलोप्रतिको आत्मीयता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा चित्रण गर्नुभयो।

विद्यालय परिसरमा सरस्वती माताको मन्दिर निर्माण भएपछि विद्यार्थीमा सकारात्मक संस्कारको विकास हुनुका साथै शैक्षिक वातावरण प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार