कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले साउन १६ मा राष्ट्रिय भेला बोलाए

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले साउन १६ मा राष्ट्रिय भेला बोलाए

काठमाडौँ । नेपाली कांग्रेसबाट उम्मेदवार भई २०७९ को स्थानीय चुनावमा जितेका जनप्रतिनिधिहरूले राष्ट्रिय भेला बोलाएका छन्।

उनीहरूले साउन १६ गते भेला गर्न लागेका हुन्।

नेपाली कांग्रेसभित्र मतभेद छ। गत पुसमा विशेष महाधिवेशन भएको थियो। उक्त विशेष महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। उक्त पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गर्दै आएको छ।

पार्टी एकतालाई दबाब दिन भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले राष्ट्रिय भेला गर्न लागेका हुन्।

स्थानीय तहमा कांग्रेसबाट टिकट पाएर निर्वाचित नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यले काठमाडौंमा भेला गर्न लागेका हुन्।

बिहीबार गोकर्ण रिसोर्टमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा भएको नगर प्रमुखहरूको बैठकले राष्ट्रिय भेलाको निर्णय गरेको हो।

साथै उनीहरूले शीर्ष नेताहरूलाई भेटेर मिल्न सुझाव र दबाब दिने भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार