मुसिकोट । रुकुम पश्चिमको सानिभेरि गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ।
गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न विषयगत शाखाका प्रमुखहरूले आ–आफ्नो शाखाको वार्षिक प्रगति, उपलब्धि तथा चुनौती समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए।
समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, प्रमुख प्रशासकीय अधिकृत नरविर खड्का, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन गरिने योजना तथा कार्यक्रमबारे समेत छलफल र समीक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
समिक्षा कार्यक्रममा सहभागीहरूले विगतका अनुभवका आधारमा आगामी वर्षका कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी र नागरिकमैत्री बनाउँदै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।


