सुरुङबाट २०८ जनाको उद्धार

सुरुङबाट २०८ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३ विदेशीसहित २०८ नागरिक त्रिशूली-३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ ।

सुरुङमा रहेका ३८ चिनियाँ र पाँच भारतीयसहित २०८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धारका लागि रहेको संयुक्त टोलीले ‘ड्रिलिङ मेसिन’लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ ।

साथै, प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङलगायत नेपाली सेनाको करिब सात हजारभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपतकालीन उपचार तथा शव व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार