रुकुम क्यालिफोर्निया जनसम्पर्क समितिद्वारा बाढीपीडितलाई १ लाख ५० हजार सहयोग

रुकुम क्यालिफोर्निया जनसम्पर्क समितिद्वारा बाढीपीडितलाई १ लाख ५० हजार सहयोग

काठमाडौं । नेपाली कांग्रेस निकट रुकुम क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिकाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
समितिका सभापति मनमोहन शाहले उक्त रकम नेपाली कांग्रेसको केन्द्रीय राहत कोषमार्फत जम्मा गरिएको जानकारी दिनुभयो । बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको शाहले बताउनुभयो ।
विपद्को यस घडीमा सबै एकजुट हुनुपर्नेमा जोड दिँदै सभापति शाहले आफुहरुकाे सहयोगले पनि पीडितको जीवनमा ठूलो आशा जगाउन सक्ने बताउनुभयो । दुःखमा परेकाहरूलाई साथ दिन र विपद्का बेला हातेमालो गर्न आफूहरूले सक्दो सहयोग गरेको उहाँको भनाइ छ ।

यस्तै शाहले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

रुकुम क्यालिफोर्निया जनसम्पर्क समितिले अमेरिकाको क्यालिफोर्नियामा रहेका रुकुमेलीहरूलाई संगठित गर्दै आपसी सहकार्य, सामाजिक एकता तथा विभिन्न संस्थागत गतिविधि गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार