नागढुंगा-नौबिसे सडक खण्ड भासियो

नागढुंगा-नौबिसे सडक खण्ड भासियो

 काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ ।  नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ ।

सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।

सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै यो रुटमा चल्न दिइएको उनले बताए । यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

सडकको वाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने उनले बताए  ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार