सानीभेरीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

सानीभेरीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

मुसिकाेट । यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
आज बिहान सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट पालिकाको केन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको बोलेरो जीप वडा नं. ३ र ६ को सिमाना डाङडुङ्गेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार जीपमा ११ जना सवार थिए ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको तत्काल उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गर्न सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा डिएसपी पौडेलको नेतृत्वमा प्रहरी टोली पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार