रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र

रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र

मुसिकोट । रुकुम पश्चिमका विभिन्न स्थानहरुमा बजार अनुगमनको बिषयमा विभिन्न गुनासोहरु बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन कार्यलाई तिब्रता दिन थालेको छ ।

उपभोक्ता एवम् नागरिकबाट मौखिम तथा लिखित रुपमा निरन्तर गुनासो कार्यालयमा आएपछि प्रशासनले बिषयगत समितिलाई बजार अनुगमन गर्न निर्देशन दिनका साथै जिल्लाका ६ वटै पालिकालाई प्रभावकारी अनुगमनका लागि पत्राचार गरेको हो ।

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बिषयगत क्षेत्रका कार्यालयहरुलाई दिएको निर्देशन पछि आजै दुई कार्यालयले बजार अनुगमन सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालयले जिल्ला सदरमुकामको बागबजार आसपासका क्षेत्रमा रहेका मासु पसल र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले पातुखोला आसपासका दैनिक उपभोग्य सामाग्रीहरु बिक्रि हुने पसलको अनुगमन सम्पन्न गरेको जानकारी दिनुभयो ।

आजै सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर ओलीले जिल्लाका ६ वटै स्थानीय तहलाई प्रभावकारी बजार अनुगमनको लागि पत्राचार गर्नुभएको छ । कार्यालयका बजार अनुगमनको सन्दर्भमा गुनासो प्राप्त भएको उल्लेख गर्नुहुँदै उहाँले प्रभावकारी अनुगमन र त्यसको प्रतिवेदनका लागि पत्राचार गरेको जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार