रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका–१३ स्थित सेवा केन्द्र खेलकुद मैदानमा दोस्रो छिबाङ कप २०८३ आजदेखि सुरु भएको छ । दोस्रो छिबाङ कप व्यवस्थापन समिति २०८३ को आयोजनामा सुरु भएको प्रतियोगिता कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको दोस्रो छिबाङ कप व्यवस्थापन समितिका संयोजक कमल खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेता टिमले ७७ हजार ७७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पहिलो खेलमा पिपलनेटा एपीसी र माछिमी युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो भने दोस्रो खेल चौतारा एपीसी र सल्ले युनाइटेडबीच भएको थियो । बाँकी खेल भोलिदेखि सञ्चालन हुने आयोजकले जनाएको छ ।
खेल उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका समन्वय अधिकारी मेघराज सोनी, नेकपा एमाले मुसिकोट नगर कमिटीका अध्यक्ष गोकर्ण खड्का, मुसिकोट नगरपालिका–१३ का पूर्ववडा अध्यक्ष दीपक केसी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष लक्ष्मण केसीलगायतको उपस्थिति रहेको थियो ।

