मुसिकाेट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपलब्ध गराइएको पञ्चेबाजा वडा नम्बर २ को पहाडा महिला समूहलाई हस्तान्तरण गरिएको छ ।
आठबिसकोट नगरपालिका वडा नम्बर १, २ र ३ को संयुक्त आयोजनामा भएको कार्यक्रममा २ नम्बर वडाकाे महिला समुह लाई पञ्चेबाजा हस्तान्तरण गरिएको नेपाली कांग्रेस आठबिसकोट नगर सभापति लालबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न भएको छ । स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महिला समूहलाई पञ्चेबाजा हस्तान्तरण गरिएको सभापति भण्डारीले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव तारक बहादुर शाही, प्रदेशसभा क्षेत्र ‘क’ का सभापति अमृत बोहरा, महाधिवेशन प्रतिनिधि रतन बुढा, प्रदेश महाधिवेशन प्रतिनिधि रेखा मल्ल र तेजेन्द्र बटाला, नगर सभापति लालबहादुर भण्डारी तथा वडा नम्बर ९ का अध्यक्ष जनक बटाला लगायतको उपस्थिति रहेको थियो ।


