काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् ।
कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । ‘हामी रिट लिएर पुगेका छौं,’ उनले भने, ‘अरू प्रक्रिया चलिरहेको छ।’
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । आईजीपीमा भने एआईजी मनोजकुमार केसी नियुक्त भएर कार्यभारसमेत सम्हालिसकेका छन् ।

