मुसिकाेट । रुकुम पश्चिममा नेपाली कांग्रेस आठबिसकोट नगरकार्यसमितिको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा नगरकार्यसमितिको प्रथम बैठक सम्पन्न भएको छ ।
बिहीबार आठबिसकोट नगरपालिका–५, गोतामकोटस्थित लब्ली डाँडामा नगरसभापति लालबहादुर भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने जिल्लाका नेता तथा कार्यकर्ताहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउन गाउँगाउँ पुग्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले जनताका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने तथा जनतासँग नजिक रहेर पार्टीका गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओली, उपसभापति एवं महाधिवेशन प्रतिनिधि सुरतजङ मल्ल र हकसिंह खत्री, जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि परमेश्वर भण्डारी, जिल्ला सचिव तारक शाही, कोषाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि मोहविर खड्का, महाधिवेशन प्रतिनिधि एवं मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रदेश सभा क्षेत्र नं. १ का सभापति अमृत बोहरा, महाधिवेशन प्रतिनिधिहरू डा. दीपक पुन, कर्णबहादुर वली, कमल शाह, रेखा मल्ल, शिव आचार्य तथा पार्टी प्रवक्ता एवं महाधिवेशन प्रतिनिधि लालबहादुर वलीलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा सभापतिहरू, पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

