बाँफिकोट कांग्रेसको चियापान : एकता र लोकतन्त्रको रक्षामा जोड

बाँफिकोट कांग्रेसको चियापान : एकता र लोकतन्त्रको रक्षामा जोड

मुसिकोट । नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका कार्यसमितिले दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार बाँफिकोट गाउँपालिका–४, छिन्खेतमा आयोजित कार्यक्रम गाउँपालिका सभापति देवबहादुर कुसारीको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति हर्कसिङ खत्रीले दीपावलीको शुभकामना व्यक्त गर्दै लोकतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको बताउनुभयो । लोकतन्त्रको रक्षा र संस्थागत विकासका लागि लोकतन्त्रमा विश्वास गर्ने सबै शक्ति एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवम् जिल्ला सचिव परमेश्वर भण्डारी, महाधिवेशन प्रतिनिधि एवम् मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, महाधिवेशन प्रतिनिधि एवम् बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगर, महाधिवेशन प्रतिनिधिहरू राजु केसी, शिव आचार्य, हरिचन्द खनाल, कर्णबहादुर ओली, लालबहादुर ओली र कमल शाह, तरुण दल जिल्ला कार्यसमिति सभापति लोकेन्द्र केसीलगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका कार्यसमितिका सचिव सूर्यप्रकाश मल्लले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार