मुसिकोट । नेपाली कांग्रेस सानीभेरी गाउँ कार्यसमितिको आयोजनामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सिम्लीमा सौहार्दपूर्ण र उत्साहजनक वातावरणमा कार्यक्रम सम्पन्न भएको सानीभेरी गाउँ कार्यसमितिका सभापति इन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार, कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेहरूमा सानीभेरी गाउँपालिकाका मोहनलाल ओली, कुमारी खत्री, कालीबहादुर विक, डिल्लीबहादुर विक, खिमबहादुर विक, गोरे विक र रामबहादुर खत्री रहेका छन्।
नवप्रवेशीहरूलाई पार्टीको विचार, सिद्धान्त र आदर्शप्रति विश्वास व्यक्त गर्दै कांग्रेसमा आबद्ध भएको भन्दै स्वागत गरिएको थियो।
सभापति खड्काले पार्टीको सदस्य संख्या बढाउनुका साथै आपसी एकता, सहकार्य र विश्वासलाई बलियो बनाउँदै सानीभेरीमा नेपाली कांग्रेसलाई अझ सशक्त र जनताको भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओली, उपसभापति एवं महाधिवेशन प्रतिनिधि हकसिंह खत्री, नेपाली काँग्रेस सदस्य रिप बहादुर ओली, जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि परमेश्वर भण्डारी, जिल्ला सचिव तारक शाही, महाधिवेशन प्रतिनिधि एवं मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको उपस्थिति रहेको थियो।
यस्तै कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. २ का सभापति तुल्सीराम बुढाथोकी, महाधिवेशन प्रतिनिधिहरू कर्णबहादुर वली, कमल शाह, शिव आचार्य तथा पार्टी प्रवक्ता एवं महाधिवेशन प्रतिनिधि लालबहादुर वली, तरुण दलका नेता लोकेन्द्र केसीलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सानीभेरी गाउँपालिका कार्यसमितिका सचिव जगदिश ओलीले गर्नुभएको थियो ।


