कर्णाली प्रदेशका मुख्यमन्त्रीले सार्वजनिक गरे १०० दिने उपलब्धि

कर्णाली प्रदेशका मुख्यमन्त्रीले सार्वजनिक गरे १०० दिने उपलब्धि

सुर्खेत।  कर्णाली प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत, वीरेन्द्रनगरमा शनिबार आयोजित ‘पत्रकार भेटघाट तथा दीपावली शुभकामना आदानप्रदान कार्यक्रम’मार्फत प्रदेश सरकार गठनको १०० दिनको उपलब्धि सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सरकारले १०० दिनमा अपेक्षित काम गरेको दाबी गर्दै कात्तिक २० गतेसम्म पुँजीगत तीन दशमलव ९३ र चालु १२ दशमलव २४ प्रतिशत गरी कूल सात दशमलव २० प्रतिशत खर्च भएको बताए ।

उनले भने, “यो खर्च प्रगति गत आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकभन्दा बढी हो । स्रोत तथा जनशक्ति अभाव भए पनि नियमित काम धमाधम अगाडि बढिरहेका छन् ।”

यस्ता छन् सय दिने उपलब्धि (सूची)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार