काठमाडौं । देउँसी भैलो खेल्नेक्रममा सार्वजनिक स्थलमा अश्लिल नृत्य गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ का २१ वर्षीय प्राप्ति बस्नेत छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।
नेपाली मौलिक कला, संस्कृती, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने गरी देउसी भैलो कार्यक्रममा अश्लिल नृत्य प्रर्दशन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको रुपन्देहीका डीएसपी कृष्ण कुमार चन्दले बताए ।
उनीहरूलाई लुम्बिन सांस्कृतिक नगरपालिका–१० महिलावार बजारमा पक्राउ गरी सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको चन्दले बताए ।

