‘मेजर हूँ’ भन्दै धम्क्याउने पक्राउ

‘मेजर हूँ’ भन्दै धम्क्याउने पक्राउ

काठमाडौं । नेपाली सेनाको मेजर बताउने एक व्यक्ति पक्राउ परेका छन्। गएराति नेपाली सेनाको मेजर भन्दै धम्काउँदै हिँडिरहेको अवस्थामा सुरेश विष्टलाई महानगरीय प्रहरी वृत्त चापागाउँले पक्राउ गरेको हो।

मापसे गरेर चापागाउँ ११ का मानिसलाई धम्काउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक कृष्णराज ओझाले बताए। उनका अनुसार पक्राउ परेका विष्टले २०६३ सालमा सेनाको सेवा छोडेका छन्।

सेनाका बर्दीसहित १ थान कपडा पनि बरामद गरीएको छ। केही नगरेको भेटिए पनि उनलाई सेनाको कपडा दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाइन प्रहरी निरीक्षक ओझाले ेबताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार