काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको बताएको छ । यी दुईसहित नेपालमा हालसम्म कोरोना संक्रमित १५० जनाको मृत्यु भएको छ।