अहिले विश्व कोरोना भाइरसद्वारा उत्पन्न महामारी बाट अत्यन्तै नाजुक तरिकाले गुज्रिरहेको छ । मानव स्वास्थमा पुर्याएको क्षतिको मापन भन्दा कैयौं गुणा अर्थतन्त्र चौपट भएको छ । सामजिक जनजिवन त्यही अबस्थाले अस्तब्यस्त छ । खुल्लमखुला रुपले पानी पधेरो जस्तो बनेको विश्व अहिले साघुरो घेरामा सिमित छ । चाडपर्ब,संस्कृती लगभग बन्दप्राय छन । मनोरञ्जनका सबै माध्यमहरु स्थगित अबस्थामा छन ।
मानबिय सम्बन्ध सामाजिक संजाल र बिधुतिय माध्यम बाट चलिरहेका छन । यो अन्यौलपुर्ण अवस्थामा आउदा दिनहरुको भबिस्यबाणी कसैले गर्नसकेको छैन। सर्बप्रथम २०१९ को नोभेम्बरमा हुवई प्रान्तको एक ५५ बर्षका पुरुषमा पहिलोपटक कोरोना पुष्ठि भएको थियो । त्यसयता करिब ९ महिनाको अबधिमा बिस्वको लगभग सबैजसो स्थानमा संक्रमण फैलिसकेको छ । दिन दुई गुणा रात चारगुना भनेझै कोरोनाको संक्रमण दरले दुनियालाई स्तब्ध बनाइरहेको छ । नेपालमा पनि गत पुषमा एकजना बिद्यार्थीमा देखिएकोमा यो लेख तयार गर्दा सम्म ३८,५६१ जनालाइ संक्रमण भैसकेको छ भने २२१ जनाकाे ज्यान गएकाे छ।
सुरु देखि नै मनोबैज्ञानिक त्रास रह्र्यो
जब कोरोना भाइरस एक मान्छेबाट अर्का मान्छेमा सर्छ भन्ने प्रमाणित भयो त्यसपछि सबैतिर एक प्रकारको दबाब सुरु भयो । एक दुई दिन गर्दै कोरोनाको संक्रमणको दर जसरी बढ्यो त्यसले झनझन तनाब बढाउदै लग्यो। सुरुमा चिन र त्यसपछि युरोप लगाएतका देशहरुमा भएको तिब्र गतिको फैलावटले बिश्वलाई नै नराम्रोसँग झस्काइदियो।जनस्वास्थ्यमा अब्बल मानिएका युरोप अमेरिकामा संक्रमणको दर हेर्दा नेपालजस्ता कम्जोर ब्यबस्थापन भएका देशहरुको होस हवास नै उड्यो ।
चिनले अबलम्बन गरेको जस्तै बन्दाबन्दिको नीति अबलम्बन गर्नेहरु सफल देखिए भने त्यसको बिरोध गर्ने अमेरिका ब्राजिल जस्ता देशहरु नराम्ररी संक्रमणको सिकार भए र अझै भैरहेका छन।आणविक होडमा शक्तिशाली मानिएका देशहरुको हबिगत हेर्दा अन्य विश्व नराम्ररी मनोबैज्ञानिक त्रासमा परे। दिनानुदिनका समाचार त्यसभित्रका सत्य र कतिपय असत्य विवरणहरु अनि फरक फरक श्रोतहरु बाट आउने अनेक अडकलबाजिले सबै ब्यक्तिहरु भित्रभित्रै मनोबैज्ञानिक रुपमा उद्देलित भए। आफ्ना नियमित गतिविधि छोडेर कोरोना संक्रमण र मृत्युुका खबर पढ्नु र हेर्नू सबैको नियति बन्न पुग्यो। लामो र पट्यारलाग्दो घटनाक्रमले सबैलाई अवाक् बनायो। दिन प्रतिदिन तनाबका मात्रा र स्वरूप बदलिदै गए। संक्रमण दर मात्र होइन त्यसले निम्त्याउने मृत्यु अनि खतरनाक लक्षणहरु बारेका समाचारहरुले सबैको मनस्थितिमा नराम्रो असर पार्यो।
तनाबका बिबिध कारण
सबैमा तनाबको मुख्य कारण त कोरोना बाट जीवन जोगाउनुमै केन्द्रित देखिन्छ । कोरोना संक्रमण र मृत्युका प्रवृत्तिबारे परिपक्व धारण अझै बनिसकेको छैन। प्रत्यक्ष सम्पर्क बाट सर्ने भनिएपनि फरक फरक तरिका र अबस्थामा सरेको देखिएको छ । जसको कारण मान्छेलाई कसरी आफू र आफ्नो परिवार सुरक्षीत बनाउने भन्ने तनाब छ । मृत्युबारेका पनि बिबिधता पुर्ण तथ्यहरु थप तनाबका कारण बनेका छन। वृद्ध उमेर समुहको मृत्युदर बढी भनिएको वा दीर्घ रोगिहरुलाई बढी प्रभावित गरेको भनिएपनि कतिपय केसहरुले सोचनिय बनाइदिएका छन। नेपालमा आधाभन्दा बढी मृत्युका घटना बृद्ध अवस्थामा नपुगेकाहरु नै हुनुले झन तनाब थपेको छ ।
कोरोना बारेमा छिनछिनमा आउने अनुमान र तथ्यहिन समाचाहरुले अर्को तनाब दिने गरेको छ। कोरोना नियन्त्रणको लागि बनाउने तयारिमा रहेका भ्याक्सिन बारेका अनेक समाचार र त्यसले ल्याउने तनाब पनि मुख्य रुपले सबैसँगै जोडिएका छन। धेरै जसो जनसंख्या सचेत नरहेको, मृत्युदर बारेमा ज्ञान नरहेको तथा कोरोना लाग्नु नै मृत्यु हो भन्ने जस्ता अपरिपक्व बुझाइले पनि धेरैजसोलाई तनाबमा बस्नु परेको छ। कोरोना लागेमा समाज र परिवारजन बाट नै हेपिएका तथा संक्रमीत निको हुदाँसमेत हेयको दृस्ठिले हेर्ने नेपाली समाजको गलत मनोभावना बाट पनि तनाब बढीरहेको पाइन्छ। अझै स्वास्थकर्मी समेत समाजबाट तिरस्कृत हुनुपर्ने तितो यथार्थले सबैलाई नराम्रोसँग झस्काएको छ।
लामो समयदेखि व्यापार ब्यबसाय ठप्प छन। ठुलो लगानी डुब्ने अबस्थामा पुगेको छ भने सुन्दर सपना बोकेर सुरु गरेका ब्यबसायहरु सुरुवातमै चौपट भएका छन । लाखौंले रोजगारी गुमाएका छन भने कर्जाको भरमा ब्यबसाय चलाउनेहरु कर्जाको किस्ता तिर्न नसक्ने अबस्थामा पुगेका छन । बैंकहरुले बेलाबेला दिने तनाब खपिनसक्नु अबस्थामा छ। रोजगारिका अवसरको पर्खाइमा बस्नेहरु यो अन्त्यहिन संक्रमणका समाचारले भावविह्वल भएका छन। सबैले यी यस्ता अन्योलका बिचमा कहि कतैबाट सकारात्मक समाचार आउछन कि भनेर दिनरात समाचारका पाना पल्टाएर समय ब्यतित गरिरहेका छन।
तनाब नगरौ
तनाब त कुनै पनि बिषयमा गर्नु हुदैन। यो प्रमानित तथ्य हो कि तनावले ब्यक्तिलाई झन कम्जोर बनाउछ। बनको बाघले खाओस नखाओस मनको बाघले खाना सक्ने अवस्था छ । कोरोनाको हकमा त झन तनाब गर्नै हुदैन भन्ने बिज्ञहरुको राय छ । यो भाइरस जित्ने एकमात्र विधि आत्मबिस्वास नै हो । बलियो आत्मबिस्वासले हामिमा एक प्रकारको उर्जा प्रवाह गराउदछ,जुन उर्जाको बलमा कोरोना जित्न सकिन्छ ।
अझै कोरोना भाइरस सुरुवाती अबस्थामा रहेको र यसको प्रभावको बारेमा कुनै अनुमानित तस्बिर आइसकेको छैन। यो बिज्ञान र प्रबिधिको युग हो बैज्ञानिकहरु दिनरात काममा छन। भाइरस बिरुद्धमा बिभिन्न्न भ्याक्सिन परिक्षणको क्रममा रहेका सकारात्मक समाचार आइरहेका छन ती पूरा होलान् भन्ने बिश्वास गरौ। भ्याक्सिन आइसकेको खण्डमा यो रोग सामान्य रुघाखोकी भन्दा पनि निकै कम्जोर हुने छ। कोरोनाको संक्रमण बाट आफू बच्ने उपाय सबैले अबलम्बन गर्ने हो भने कोहि डराउनु पर्ने अबस्था छैन। स्वास्थकर्मी तथा बिज्ञहरुले सुझाएका उपाय अबलम्बन गरेमा तनाब गर्नुपर्ने अबस्थामा पुगिदैन।
तनाब कसरी कम गर्ने
सर्बप्रथम कोरोना भाइरसको बारेमा राम्रोसँग बुझ्ने र बुझाउने हो भने धेरैजसो तनाब कम हुन्छ। कोरोना भाइरस जसरी संक्रमणको हिसाबले खतरनाक साबित भएको छ त्यसरी नै मृत्युु निम्त्याउने कारणको रुपमा खतरापूर्ण छैन। हालसम्मकै तथ्यांकलाई हेर्ने हो भने पनि कुल संक्रमणको ३.४ प्रतिशत व्यक्ति मात्र यो रोगको कारण मृत्युबरन गरेका छन। नेपालमा त अझै निकै कम १ प्रतिशत भन्दा कम मात्र मृत्यु हुने गरेको छ।
मृत्यु भएकाहरुको स्वास्थ इतिहास केलाउदा अझै सकारात्मक सुचना मिल्छ अर्थात ती मृत्यु भएकाहरु पनि कोरोनाकै कारण नभैइ बिबिध खालका दीर्घ रोग एबम अन्य स्वास्थ समस्याको कारणले भएको पाइन्छ। त्यसैले न्युन मृत्युदर मध्येपनि अन्य कारणलाई जिम्मेवार मान्दा कोरोना मृत्युको हिसाबले खतरनाक हो भन्ने त्रास बाट पक्कै मुक्त भैइन्छ। अर्को कुरा संक्रमण भएका मध्ये अधिकास ८० प्रतिशत जति लक्षणबिना नै निको भएको पाइन्छ। कुनै औषधि नै प्रयोग नगरी सन्चो हुनु आफैमा सकारात्मक कुरा हो। त्यसकारण कोरोना मृत्युकै कारण बन्छ की भन्ने मनोबैज्ञानिक त्रासबाट मुक्त हुनुपर्ने देखिन्छ ।
अब के गर्ने
कोरोना हाम्रो घरदैलोमै आइपुगेको छ। एउटा सत्य कुरा के हो भने कोरोनाको संक्रमणको तिब्र गति पनि प्रमाणित भैसकेको छ। कोरोना संक्रमणका सबै तथ्य प्रमाणित नभएपनी प्रत्यक्ष सम्पर्क वा सन्क्रमितले खोक्दा निस्कने थुक, खकार, सिगान जस्ता पदार्थ नाक मुखको माध्यमबाट भित्र पस्दा सर्छ भन्ने कुरा सत्य नै हो। ती व्यबहार बाट आफू सुरक्षीत हुन आबस्यक छ। संक्रमण हुन नदिएर सजगता अपनाउनु एकमात्र महत्वपूर्ण सन्जिबनी हो। यो एक ब्यक्तिको सजगता बाट मात्र हुने बिषय होइन। सबैको साझा प्रयास चाहिन्छ। सरकारले जारी गरेका नीति, सतर्कता,अनुरोध तथा आदेशहरुको पालना गरि आ-आफ्नो दायित्व पूरा गर्नु पहिलो कर्तव्य हो ।
स्वास्थ बिज्ञहरुले सुझाएका उपायहरु अबलम्बन गर्ने,आफूसँगै परिवार,छरछिमेक लगायतलाई संक्रमण हुन नदिन भुमिका निर्वाह गर्नु यतिबेलाको ठुलो धर्म हो। भौतिकदुरि कायम गर्नुलाई ब्यक्तिगत अनुसासनको अभिन्न अंग बनाइनु पर्छ।अत्यावश्यक कामको लागि मात्र बाहिर निस्कने,निस्कदा सरकारले जारी गरेका स्वास्थ मापदण्ड पालना गर्ने, खानपिनमा ध्यान पुर्याउने, आफू सचेत रहने र अरुलाई आफुले जानेका बिषयमा प्रष्ट पार्ने लगायतका सकारात्मक बानी व्यबहारको अबलम्बन गरेर सभ्य नागरिकको परिचय दिन आबस्यक छ। बुझ्नुपर्ने एउटा तथ्य के हो भने कोरोना हावाबाट सरेको प्रमाणित भएकाे छैन र आपसेआप लाग्ने पनि होइन । त्यसकारण संक्रमण हुन दिने वा नदिने हामी आफै बढी जिम्मेवार छौ। हाम्रो सानो सजगताले आफुमात्र होइन परिवार,समाज र देशलाई नै संक्रमण मुक्त गराउन सकिन्छ। यसबेलामा कसले के गर्यो वा गरेन भनेर टीकाटिप्पनी गर्न छोडेर आफुले के गरे र गर्नुपर्छ त्यो मात्र हेरौ।अन्य बेथिति र गलत प्रवृत्तिको बारेमा आउदो समयमा छलफल र बहस गरौला।