बुधबार थप ११२० जनामा कोरोना संक्रमण

बुधबार थप ११२० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार बुधबार १ हजार १ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ। हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ। हाल ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा छन्।

यस्तै काठमाडौँ उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना कोरोना संक्रमित थपिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार